Logo

Student Corner

दुःखपछिको सुख

Written by: Muna Gautam - 25085, Grade XI

Posted on: 10 November, 2023

तिहारको बेला थियो जताततै झिलिमिलि थियो । सबैकाे घरमा मिठा मिठा खानेकुरा पाक्दै थिए तर रामुको  घरमा भने आमा बिरामी भएर खाटमा सुतिरहेकी थिइन । रामुका साथीहरूको घरमा आफन्तहरू आएको थिए । रामुको कोही आफ्नो भन्ने थिएनन् । ऊ टाेलएर झ्यालमा बसेर बाहिरकाे दृश्यलाई हेरेर कल्पनामा डुबुल्कि लगाउँदै थियाे ।  उसका आँखा आँसुले ढाकेकाे थियो । ऊ कल्पना बाहेकअरू कुरा गरोस् पनि के । घरमा भएकी आमा बिरामी भएर केही गर्न सक्ने अवस्थामा  थिइनन्, आफ्नो भन्नु कोही पनि थिएन । सायद ऊ जन्मिदा उसकाे भाग्यमा लेखिदिएको थिएन । लेकोस पनि कसले ऊ जन्मिनुअघि नै उसलाई बाबाले उनीहरूलाइ छाेडेर  धेरै टाढा गई सकेका थिए ।

आमाको भन्नु त्यहीँ एउटा छोरा थियो । श्रीमान् मरेपश्चात् उनी जिउँदो लास बनेकी थिइन् । आज सिउदो खालि भएको तिन महिना भएको थियोे । सबैको घरमा स्वादिष्ट खाना, मिठाइँ  पाकिरहेका थिए । उनी चाहेर पनि रामुको इच्छा, आकाङ्क्षा पूरा गर्न सक्दिनथिनँ ।  मध्य रातको समयमा आमालाई असाध्यै गाह्रो ‌भयो‌ उनी छोरा छोरा भन्दै पुकार्दै थिइन् । ज्वरो धेरै बढिसकेको थियो । रामु, रामु भन्दै पुकारिन् । रामु‌ हतारिदै आयो । रामुले पानीपट्टी गरिदियाे  सेकेको‌ कपडा तातिएर‌ जिल्न मात्र बाँकि थियो । उसले आफूले सक्ने सबै थोक गर्यो । आमालाई अस्पताल लग्न एउटा डोको लिएर आयो । छिटोछिटो अस्पतालतिर लाग्यो । अस्पताल धेरै नै टाढा थियो । जाँदाजाँदै आमाले आफ्नो बाआमाले आफ्नो बाटो स्वर्गतिर मोडिसकेकि थिइन्। अब फर्केर आउने विकल्प नै थिएन ।  रामु‌ अब यस संसारमा एक्लो थियो । उसले यो कुरा स्वीकार गर्न सकेको थिएन्।  ऊ रातभरि आफ्नी आमालाई हेरी रोएर बस्यो ।

 ऊ दिनहुँ आमाबाबुलाई सम्झि रोई रहन्थ्यो। गाउँका मानिसहरूले उसलाई धेरै सम्झाउने कोसिस गरे । रामुका एक काका थिए । जसले उसलाई सम्झाउन सक्थे । उनले भने, “बाबु मर्ने मान्छे त मरेर गइसके तर तिमीले रूनुभन्दा उनको सपना पूरा गर्नुपर्छ भनी धेरैबेर सम्झाए ।” केही दिनपछि उसले घरमा भएका सबै लालावालाहरू बेचेर सहर जाने‌ सोच्यो । उसले जीवनमा आमाको रहर पूरा गर्न । 

उनी यस संसारमा नरहे पनि ।  उनको सपना पूरा गरि उनलाई खुसी बनाउने र‌ उनलाई खुसी बनाउने पूरा अठोट गर्यो । उनको सपना आफ्नो छोरोलाई एउटा ठूलो मान्छे बनाउने थियो । यसरी उनको सपना साकार पार्न ऊ सहर गएर मिहिनेतका साथ काम गर्याे । साहुले काम गरेको जस्तो दाम दिदैन्थ्यो । धेरैजसो ऊ नखाएर सुत्यो । उसलाई हावाहुरी, बाढीपहिरो कसैले पनि रोक्न सकेन । करिब दुई वर्षमा धेरै पैसा कमाइसकेको थियो । कतै ठेसलाग्दा आमालाई सम्झिन्थ्यो । उसको यो मिहिनेत देखेर स्वर्गीय मातापिता कति खुसी हुँदाउन हुन्  । उसले पढ्न पनि थाल्यो । पढेर ऊ ठूलो मान्छे बन्न चाहन्थ्याे ।  बस्ने घरका घरबेटी धेरै असल‌ थिए । उनीहरूले उसलाई आफ्नो छोरो झै पालेका थिए । उसले आफूसँग भएको पैसाले घर बनायो । उनीहरू गाउँमा बस्दा खान नपाउँदाको पीडा, राम्रो खान नपाउनुको पीडा अझै मनमा थियो ।

पाँच वर्षपछि उसले गाउँ फर्कने सोच्यो। ऊ फेरि आफ्नो गाउँ फर्कियो। गाउँ फर्किदा धेरै पिर लाग्यो । उसले गाउँ विकास गर्नतिर लाग्यो । आफ्नी आमा र आफ्नो बुबा सुविधा नभएर मरेको उसलाई थाहा थियो।‌ त्यसैले उसले जीवनभरि दुःख गरेर कमाएको रकमले सेवा प्रदान गर्यो । यसरी‌ उसले आफ्नो खुसीको आधार पाएको थियो। ऊ अहिले जीवनमा धेरै सफल छोरा बनेको थियो । तर उसको जीवनको पश्चात् सकिएको थिएन । आफ्नो आमा र बुवालाई बचाउन नसक्नुको पीडा थियो । त्यसैले उसले अहिले जति धनी भए पनि सबैको सेवा गर्न लाग्यो ।