Logo

Student Corner

हिमाल

Written by: Tejaswi Basnet - 33048, Grade III

Posted on: 10 November, 2023

नेपाल हिमालले भरिपूर्ण भएको देश हो । सर्वोच्च शिखर सगरमाथासहित धेरै हिमालहरू नेपालमा छन् । सगरमाथा, कञ्चनजङ्घा, चोयु, धवलागिरि, ल्हाेत्से, मनास्लु, अन्नपूर्ण आदि नेपालका प्रमुख अग्ला हिमालहरू हुन् । हिमालको देश भनेर विश्वमा नेपाललाई चिनिने गरेको छ । हिमाल हेर्न विश्वबाट धेरै पर्यटकहरू नेपाल आउने गर्दछन् । ढकमक्क हिउँले भरिएको सुन्दर र सेता हिमालहरू देखेर पर्यटकहरू खुसी र आनन्दित हुन्छन् ।  हिमालको हिउँ पग्लिएर नदीहरू बगेका छन् । हिमालमा पाइने चराचुरुङ्गी र हिमजन्तुले  हिमालको सुन्दरता बढाएको छ । हिमाली क्षेत्रका बासिन्दाको न्यानो सेवा र सत्कारले पनि विदेशीहरू हिमाल चढ्न आउने गर्दछन् । हिमाली क्षेत्रलाई सुन्दर बनाउन हिमालको विकास गर्न सबै निकायले ध्यान दिनुपर्छ । हाम्रो देश नेपालकाे गाैरव हिमालले नै  बढाएकाे छ ।