Logo

Student Corner

घाउ

Written by: Aarashi shakya - 24004, Grade XII

Posted on: 09 November, 2023

चरित्रमा घाउ लगाए शब्दरूपि बन्चरो

छियाछिया पारे टुक्रा टुक्रा पारी

रित्याइदिए आँशुको भाँडो

सबै आफन्त भनी ।।


 

दुख्दा मैले ऐया नभनी

थम्थमाएँ आफूलाई चारदिबारमा थुनी

उज्यालो मुहारमा सुक्क सुक्क लुकाइ

अगाडि बढेँ म आफ्नो घाउ दुखाइ दुखाइ।।


 

बन्चरोको प्रहार रोकिएन

मनले थाम्न सकिएन

मुस्कान नभई सुक्क सुक्क मात्र गरिरहे

तर कसैलाई सुनाइनँ।।


 

घाउ गहिरो भइ रगत बगे

रगतको चापमा अरु परे

प्रेम बाडे सबैले मलाई

तर प्रसन्न कसैले गरेन।।


 

सुक्क सुक्क आबाज सेलाए

सपना,रहर, इच्छा मरेर गए

जोस, र हिम्मत मसानमै निदाए

घाउको दाग बोकी म हिँडिरहेँ 

म हिँडिरहे।।