Logo

Student Corner

मेरो विद्यालय

Written by: Eva Shrestha - 33008, Grade III

Posted on: 08 November, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय निकै सुन्दर छ । मेरो विद्यालय ठुलो छ । यहाँ धेरै फूलहरू र रुखहरू छन् । मेरो विद्यालय हरियालीले भरिएको छ । मेरो विद्यालय हेर्दा मलाई धेरै आनन्द लाग्छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षकहरू हुनुहुन्छ । उहाँहरूले मलाई धेरै माया गर्नुहुन्छ । उहाँहरूसँग पढ्न मलाई धेरै रमाइलो लाग्छ । मेरा शिक्षकहरूले मलाई पढाइ र लेखाइमा धेरै सहयोग गर्नुहुन्छ । मेरो विद्यालयमा धेरै कक्षाकोठा छन् जहाँ म चित्रकला सिक्छु । म कम्प्युटर चलाउन सक्छु । मेरो विद्यालयमा पुस्तकालय पनि छ । त्यहाँ  धेरै राम्रा किताबहरू छन् । मेरो विद्यालयमा खेलमैदान पनि छ । मलाई मेरो विद्यालयको खाना पनि धेरै मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । म सधैँ विद्यालयको बसमा नै घर आउने जाने गर्दछु । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।