Logo

Student Corner

आमा

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 07 November, 2023

जन्मिएदेखि माया गर्ने मान्छे नै आमा हुन्

आमाको मायाभन्दा अरूको माया त कमै हो 

ममता र हेरचाह गर्ने काम आमाले नै गरिन्

आफ्नो मुटु र आफ्नो हाँसोमा हाँसाे भरिन् ।


 

आमाले हाम्रो हेरचाह गरी हुर्काइरहिन्  

ठुलो भइसकेपछि पनि हाम्रो ध्यान राखिन्   

आमा भनेको एउटै मात्र पाउछौँ हाम्रो जीवनमा 

जति खोजे पनि अर्को आमा पाउदैनौँ जीवनमा  ।


 

सन्तानको खुसी देख्नु भनेको आमाको खुसी हो 

सन्तानको माया पाउनु भनेको आमाको सपना हो 

सन्तानले आफ्नो आमाको माया थाहा पाउनु पर्दछ 

आमाको सपना सन्तानहरूले पूरा गर्नुपर्छ  ।


 

ठुलो भइसकेपछि आमाको ममता थाहपाउने छौ 

ठुलो भइसकेपछि आमोको मेहनत बुझ्ने छौ 

आमाले हाम्रो सपना पूरा गर्नु गरेको छ  

त्यसैले हामीले आमाको सपना पूरा गर्नुपर्ने छ  ।