Logo

Student Corner

विजयादशमीकाे दैनिकी

Written by: Sambridhi Gelal - 29063, Grade VII

Posted on: 06 November, 2023

२०८०/०७/०७  मङ्गलवार

सधैँ ६ बजे उठ्ने म आज दशमी भएर १ घन्टा अघि ५ बजे उठेँ । उठ्‌नासाथ मैले नुहाएँ र मैले नित्यकर्म गरेँ । आज दशमी भएको कारण मैले मेरो कोठा सफा गरेँ । त्यसपछि ९ः०० बजेतिर मैले मेरो परिवारसँग बिहानको खाना खाएँ  । खाना खाएपछि म दशमीको लागि तयार भएँ । हामी दशमीको साइतको लागि  १ घण्टा अगाडि नै तयार भएको कारणले मैले मेरो बुबासँग मिलेर केही महिना अगाडिदेखि बिग्रेको टि.भी बनायाैँ । टि.भी. बनाएपछि म र मेरो भाइ केही बेर  टि:भी हेर्‍याैँ । त्यसपछि टीकाको साइत भयो र पुरै परिवार एकै ठाउँमा जम्मा भयाैँ  र मैले मेरो ठुलाबाट आशीर्वाद लिएँ र आफूभन्दा सानालाई आशीर्वाद दिएँ र घरमा टीका र जमरा लगाएपछि म टीका लगाउन मेरो ठुलो बुबाकहाँ गएँ । त्यहाँ मैले मेरो सानो बुबालाई पनि भेटेँ । त्यहाँ मैले सबैबाट टीका लगाएँ र  आर्शीवाद लिएँ। त्यहाँ केही बेर कुराकानी गरेपछि  मेरो परिवार र मेरो सानो बुबाको परिवार मेरो परिवारसँगै मेरो घरमा आउनुभयो। घरमा पनि हामीले गफगाफ गर्‍याैँ  र हामीले तास चङ्गाहरू खेल्याैँ  । १:३० बजेतिर म र मेरा आमाबुबा  मामाघरको लागि निस्कियाैँ ,   १ घण्टापछि हामी, मेरी , आमाको मामाघर गयौँ  र त्यहाँ हामीले धेरै जनालाई भेट्यौँ र त्यहाँ हामीले टीकाजमरा लगायाैँ खाजा खायौँ र मैले त्यहाँ लिङ्गे पिंड, तासकाे र मज्जा लियाैँ । त्यहाँ मामा र माइजू  पनि आउनुभएको थियो । त्यसपछि हामी मेरो मामाघरको लागि भनेर निस्कन लागेका थियौँ तर त्यसै बेला मेरो हजुरबा र हजुरआमाको फोन आयो र उहाँहरूले घर‌मा कोही नभएको भनेर भन्नुभयो त्यसैले मेरा आमाबुबा घरको लागि भनेर निस्कनुभयो ।  म र मेरो भाइ मेरा मामामाइजूसँग मामाघर गयौँ । मामाघर पुग्नासाथ मैले केही बेर आराम गरेँ र त्यसपछि म मेरा मामामाइजूसँग शान्तिधाम मन्दिर  गएँ । त्यहाँ मैले आरती देखेँ र त्यहाँ केही बेर बसेपछि म फेरि  मामाघर आएँ र म सुतेँ ।