Logo

Student Corner

पानी

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 03 November, 2023

पानी हामीलाई नभई नहुने वस्तु हो । पानी बिना हामी बाँच्न सक्दैनौँ । हामीलाई खाना पकाउन, सरसफाइ गर्न, पिउन, लुगा धुन आदि धेरै कामको लागि पानी चाहिन्छ ।  पानी बोटबिरुवा र जनावरलाई पनि चाहिन्छ । त्यसैले हामीले पानी खेर फाल्नु हुँदैन । हामीले शुद्ध पानी पिउनु पर्छ । हामीले पानी जतन गरेर प्रयोग गर्नुपर्छ ।