Logo

Student Corner

गाईजात्रा

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 02 November, 2023

गाईजात्रा नेवार समुदायमा मनाइने चाड हो । गाईजात्रालाई हास्यव्यङ्ग्यसँग पनि जोडेर यो पर्व मनाइन्छ । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । याे दिन दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । नेवारी भाषामा यो पर्वलाई 'सापारु' भनिन्छ । 'सा' को अर्थ गाई र 'पारु' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । संस्कृतिविद ग्वंग अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ । यसमा कसैले कसैलाई नछेकुन् भनेर त्यससँग मुकाबिला गर्न त्यहाँका टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन् ।