Logo

Student Corner

पुस्तक समीक्षा : सुनको मुटु भएको केटो

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 02 November, 2023

परिचय : ‘सुनको मुटु भएको केटो’ कथा विनय कसजूले लेख्नुभएको हो । यस कथामा चित्र भर्ने काम रविन्द्र मानन्धरबाट भएको हो । यो कथा साङ्ग्रिला पुस्तक प्रा.लिबाट प्रकाशन भएको हो।

 कथावस्तु :

 कक्षा पाँचका विद्यार्थीहरू खानेकुरा थाप्दै थिए । अरू विद्यार्थीको थालमा धेरै किसिमका खानेकुरा र रोनको थालमा एक टुक्रा पाउरोटी र चिजमात्र थियो । यो देखेर ओभीलाई अचम्म लाग्यो । रोनको खातामा पैसा सकिएकोले खाना पूरा नदिएको रहेछ। रोनको लागि भेन्डिन मेसिनमा पैसा राखेर खानेकुरा दिने ओभीको विचार थियो तर पैसा पुगेन । रोनले ओभीलाई रुँदै भने “म अब स्कुल पनि आउन पाउन्न होला, मेरी आमाले पनि बालाई छाडेर जानुभयो ।” ओभीलाई पनि रोनको कुरा सुनेर खानेकुरा खान मन लागेन । ओभी घर पुगेपछि आमालाई स्कुलमा भएको घटना सुनायो। रोन भोकै बसेको सुनेर आमालाई पनि दु:ख लाग्यो । ओभीकी आमाले ओभीलाई भन्नुभयो “त्यसो भए साथीको लन्च खातामा पैसा उठाएर राखिदिउँ न त”। पैसा कोकोसँग उठाउने भनेर ओभी र आमाले लिस्ट बनाए । ओभीले आफ्नै परिवारबाट उठेको पैसा रोनको लन्च खातामा जम्मा गरिदिए । ओभीले भने रोन तिमी अब भोकै बस्नु पर्दैन । तिम्रो खातामा पैसा छ । रोनले  पनि अब पूरै  खानेकुरा खान पायो । ओभी घर पुग्नासाथ आमालाई धन्यवाद दियो । आज हजुरको सहयोगले गर्दा रोन भोकै हुन परेन तर यस्तो समस्या रोनलाई मात्र नभई अरु साथीलाई पनि पर्न सक्छ भनेर आमा छोराले एउटा उपाय निकाले । उनीहरूले इन्टरनेटमा एउटा वेबपेज बनाए र नाम राखे । वेबपेजमा आफैँबाट रकम जम्मा गर्न थाले । पैसा जम्मा गर्ने अरु उपाए पनि सोच्न थाले । आफ्ना पुराना सामानहरू गराज सेलमा बिक्री गरे ।  वेबपेज हेर्ने मानिसहरूले पनि पैसा पठाउन थाले । केही दिनमै दश हजार डलर जम्मा भयो । ओभीले त्यो चेक आया दिदीलाई दिँदै भने हाम्रो स्कुलमा जो साथीको खातामा पैसा सकिन्छ उसको खातामा यो पैसा रखिदिनुस् । आया दिदीले ओभीलाई “तिम्रो मुटु त सुनले बनेको रहेछ ओभी” भन्दै धन्यवाद भन्नुभयो। 

पात्रहरू 

यस कथाका  मुख्य पात्रहरू ओभी र रोन हुन् । सहायक पात्रहरूमा बिल,आया दिदी, ओभीकी आमा र अरु साथीहरू छन्।  

परिवेश : 

यस कथामा विद्यालयको परिवेश समेटिएको छ।

 निष्कर्ष र सुझाव :

यो कथा पढ्दा रमाइलो छ। यो कथामा हामी सबैले सबैलाई सहयोगको भावना राख्नुपर्छ भन्ने सन्देश दिइएको छ। म मेरा सबै साथीहरूलाई पनि यो कथा पढ्न अनुरोध गर्दछु।