Logo

Student Corner

मेरी आमा शिक्षिका

Written by: Kesha Koirala - 35009, Grade I

Posted on: 02 November, 2023

मलाई ज्ञानगुन सिकाउने 

आमा मेरी साथी हाे

पहिलो गुरु मेरी आमा

सबैभन्दा माथि हाे ।।

म धेरै सानो हुँदा 

मलाई खाना खुवाउनुहुन्थ्याे 

ताेतेताेते बोली बोल्दा

माया गरी सुताउनुहुन्थ्याे ।। 

मेराे बोली बुझेर काम गर्ने

मेरी आमा धेरै ज्ञानी 

ताते गरी हिँड्न सिकाउने 

संसारकी सबैभन्दा प्यारी ।।