Logo

Student Corner

इन्टरनेट​​​​​​​

Written by: Ravi Raj Singh - 2026016, Grade VI

Posted on: 06 September, 2020

विश्वमा विभिन्न किसिमका सुविधाहरू छन् । तीमध्ये इन्टरनेट पनि एक हो। इन्टरनेट भनेको ठूलो सञ्जाल हाे । अक्टुबर २, १९६० मा इन्टरनेटकाे आविष्कार भएको हाे । इन्टरनेटकाे  आविष्कार भएपछि सुरुमा केवल इमेल साझेदारी गर्न वा च्याटमा कुरा गर्नका लागि  प्रयोग गरियो तर आजका दिनहरूमा मानिसहरूले युट्युबमा, अनलाइन गेमहरू खेल्छन् र इन्टरनेटको मद्दतले  पढ्ने, मनाेरञ्जन लिनेजस्ता धेरै कामहरू गर्छन् ।

इन्टरनेट सहयोगी र उत्तम प्रविधि हो । इन्टरनेटले हाम्रो जीवन धेरै सजिलो र छिटो बनाउँछ।  आजभाेलि इन्टरनेटको धेरै प्रयोग गरिन्छ। यसले  दैनिक जीवनका लागि धेरै काममा   मद्दत गर्दछ। इन्टरनेटद्वाराआजका दिनहरूमा धेरै मानिसहरू इमेल प्रयोग गर्दै छन् ।  जुनसुकै जानकारी लिन, डाटा फाइलहरू, फोटोहरू, भिडियोहरू, व्यापारिक सञ्चार, र अन्य धेरै फाइलहरू साझा गर्न इन्टरनेटकाे प्रयाेग गरिन्छ । धेरै मानिसहरूले इन्टरनेटको सहयोगमा अनलाइन बैङ्किङकाे प्रयोग गर्दछन् ।  बिजुलीको बिल तिर्न वा एक बैङ्कबाट  अर्को बैङ्कमा पैसा पठाउन  र अरू धेरै चीजहरूको लागि इन्टरनेट बैंङ्किङकाे प्रयोग गरिन्छ । सामाजिक सञ्जालमा काम गर्न  इन्टरनेटकै  प्रयोग गरिन्छ । इन्टरनेटले व्यक्तिलाई अनलाइनमा  जोड्दछ र तिनीहरूलाई सामाजिक समूहहरू बनाउन सक्षम गराउँछ । सञ्चार पनि इन्टरनेटको मुख्य प्रयोग हो । इन्टरनेटसँग सञ्चार अझ राम्रो र सजिलो भएको छ । इन्टरनेटमा टाढा वा नजिकका मानिससँग अनुहार हेरेरै कुरा गर्न सकिन्छ ।

इन्टरनेटले हामीलाई धेरै प्रकारका सुविधाहरु प्रदान गरेको छ र यस  कठिन अवस्थामा पनि हामीले  इन्टरनेटमार्फत् आफ्नम अनलाइन कक्षा लिइरहेका छौँ  त्यसैले मलाई लाग्छ कि इन्टरनेटले यस विश्वलाई एउटै गाउँ बनाएको छ।