Logo

Student Corner

प्रकृति

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 01 November, 2023

प्रकृतिमा हाम्रो भूमि छ धनी,

यो नै हो प्राणी जगत्को जननी

बाँडिएको हाम्रो देश,हिमाल,पहाड र तराई,

यँहा कोही छैन पराई।


 

हिमाल पग्लेर निस्किन्छन् झरना,

यिनै हुन् हाम्रा मौलिक गहना।

पहाडमा छ वन जङ्गल,

बाघ,भालु आदिका बासस्थल।


 

प्रकृतिको लागि चिनिएको हाम्रो देश,

सबैको चरित्र छ विशेष।

तर जलवायु परिवर्तनमा राख्नुपर्छ ध्यान,

नत्र बढ्ला पृथ्वीको तापमान ।


 

हाम्रो देश हो एक सुन्दर चित्र,

गुण र प्रकृतिले भरिएको भित्र।

मानिस रहन्छन् सँधै एक,

सबैमा भरिएको छ विवेक।


 

सुरिलो आवाजमा गीत गाउने कोइली,

सुन्दा छ मनमोहक बोली,

उड्छन् स्वतन्त्रताका साथ,

जीवनको सुन्दरताको यहीबाट हुन्छ आभास।


 

 जङ्गल,नदीनाला हुन् प्रकृतिका फल,

तनाव र चिन्ताको गर्दछ यसले हल,

हावा,पानी,नदी,माटो र बतास,

यसमा गासिँएको छ हाम्रो इतिहास।