Written by: Pasang Doma Sherpa - 30019, Grade VI
Posted on: 01 November, 2023
विणा र पुस्तक हातमा लिई
बस्छिन् उनी हाँसमाथि
उनी नै हुन् महान् र सुन्दर
हुन् उनी हाम्री विद्याकी देवी।।
दिन्छन् उनी विद्या र शिक्षा
गर्छौँ प्राथना दिनदिनै हामी
बनाइन् उनीले ज्ञान-विज्ञान
हुन् उनी हाम्री विद्याकी देवी।।
वसन्तपञ्चमीको दिन
गर्छाैँ उनको पूजा हामी
सधैँ ज्ञान बुद्धि र विद्या
पाऔँ भनि।।
छन् उनका १२ ओटा नाम
भारती,सरस्वती,शारदा,हँसवाहिनी
जगन्माता,वागिश्वरी,कौमारी,वरदायिनी
बुद्धदात्री,ब्रह्माचारिणी,चन्द्रघण्टा,भुवनेश्वरी।।
सिकाउँछिन् उनले
क, ख, ग र A, B, C
उनी नै हुन् महान् र सुन्दर
हुन् उनी हाम्री विद्याकी देवी।।