Logo

Student Corner

दसैँ

Written by: Sushant Pokharel - 32020, Grade IV

Posted on: 01 November, 2023

मलाई मन पर्ने चाडपर्व भन्नेबित्तिकै रमाइलो कुराको याद आउँछ । प्रायः सबैजसो चाडबाडहरू रमाइला हुन्छन् । चाडबाडमा विद्यालय छुट्टी हुन्छ । दसैँमा सकेको मिठो खाना र राम्रो लुगा पाइन्छ । परिवार र आफन्तहरू सँगै बस्ने, भेला हुने र मिठा मिठा कुराकानी गर्दा रमाइलो हुन्छ। मलाई मन पर्ने चाडहरूमध्ये दसैँ पर्व पनि एक हाे । दसैँ पर्व हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । दसैँलाई हामी बडादसैँ पनि भन्दछौँ । हिन्दु धर्म मान्ने नेपालीहरूले दसैँ हर्षोल्लासका साथ मनाउँछन् । दसैँ घटस्थापनाको दिनदेखि जमरा राखेर सुरु हुन्छ र कोजाग्रत पूर्णिमाको दिन जमरा सेलाएपछि अन्त्य हुन्छ । प्रतिपदाको दिनदेखि नवमीको दिनसम्म विभिन्न शक्ति देवीहरूको पूजा हुन्छ । नवदुर्गा भवानीका नाममा पूजा गरिन्छ र विजयादशमीका दिन देवी दुर्गा भवानीको प्रसाद स्वरूप आफूभन्दा ठुला र मान्यजनबाट टीका र जमरा लगाइन्छ । दसैँमा केटाकेटीहरू पिङ खेल्छन्,चङ्गा उडाउँछन् । दसैँमा रङ्गीचङ्गी फूलहरू फुलेका हुन्छन् ।