Logo

Student Corner

शिक्षाको महत्त्व

Written by: Vedanga Aryal - 34018, Grade II

Posted on: 01 November, 2023

सरल भाषामा शिक्षा भनेको ज्ञान हो । ज्ञानले मानिसलाई ज्ञानी बनाउँछ । शिक्षा विना मानिसको जीवन अधुरो हुन्छ । शिक्षा प्राप्त गर्नको लागि उमेर, धर्म, संस्कार केहीले पनि छेक्दैन। मानिसले जन्म लिएदेखि बाँचुन्जेलसम्म ज्ञान लिन सक्छ । शिक्षाले मानिसलाई राम्रो नराम्रो, असल खराब, गर्न हुने र गर्न नहुने काम गर्न छुट्याउन सिकाउँछ । शिक्षा भएन भने संसार नै अँध्याराे हुन्छ । मानिसले शिक्षा पढेर ,देखेर, सुनेर, छामेर पनि प्राप्त गर्न सक्छन् । मानिसले शिक्षा घर, स्कुल, कलेज जुनसुकै ठाउँमा पनि प्राप्त गर्न सक्छ । सही बाटो समात्न शिक्षा चाहिन्छ । शिक्षाले मानिसलाई अनुशासित र सभ्य बनाउँछ ।