Logo

Student Corner

हाम्रो संस्कृति

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 30 October, 2023

संस्कृति हुन्छन् सबैको आ- आफ्नै

यी नै हुन् जात जातिका परिचय आफ्नै

चिनाउँछ संस्कृतिले हामीलाई विश्वभरि

संस्कृति नै हो हाम्रो पहिचान पुर्ख्यौली
 

बस्छौँ हामी सबै मिलेर समाजमा

संस्कृतिले बाँधेका हुन्छन् एकै सूूत्रमा 

सबै जातिका हुन्छन् रीति थरि थरिका

यही रीतिमा हुन्छन् अन्धविश्वास लुकेका
 

पहिचान गर्नुछ हामीले सबै अन्धविष्वासहरूलाई

हटाएर अन्धविश्वास बढावा दिनुपर्छ राम्रा रीतिलाई

बहुसंस्कृतिले भरिएको छ हाम्रो देश नेपाल

यस्तै संस्कृति मिलेर नै बनेको छ हाम्रो समाज
 

विभिन्न कला कृतिले भरिएको छ मन्दिर

सांस्कृतिक सम्पदा भएको हाम्रो देश

अनेक भाषा, भेष, जात मिलेर बसेका

सोही समाजमा बस्दछ हाम्रो सांस्कृतिक परम्परा
 

सबैलाई आदर र प्रेम गर्ने हाम्रो सांस्कृतिक देश

सम्पूर्ण जात जातिका हुन्छन् आ-आफ्नै भेष

संस्कृतिले गर्छ व्यक्तिको  पहिचान

सबै जातका संस्कृतिहरू सबैका धन ।
 

विभिन्न सांस्कृतिक पहिचान भएकाले चिनिएको मुलुक

संस्कृतिले नै छ गाँसेको छ हामीलाई एक माला स्वरूप

संस्कृतिकाे हुन्छ हाम्रा जीवनमा अत्यन्त महत्त्व 

बनाउँछ यसले विश्वभरि हाम्रो विशेष पहिचान