Logo

Student Corner

डियरवाक: मेरो अनुभव

Written by: Ojas Acharya - 25046, Grade XI

Posted on: 30 October, 2023

कलेज हेरूँ न त भनेर म र मेरो आमाबुबालाई साथ लिएर म डियरवाकमा परामर्शका लागि गएँ । त्यस दिन परामर्शका लागि भनी गएको मलाई प्रवेश परीक्षा छ भन्ने थाहा थिएन । अहिले हामीलाई रसायन शास्त्र पढाउने धनेश्वर सरले हामीलाई विद्यायलका बारेमा विस्तृतमा वर्णन गर्नुभयाे । स्वयम् शिक्षकले नै परामर्श गर्ने डियरवाककाे संस्कृति मलाई निकै मन परेकाे हाे । म निकै प्रभावित पनि भएँ । डियरवाकभित्रकाे हरियाली वातावरणले मेरा बुबाआमालाई पनि निकै प्रभावित पारेकाे रहेछ । परामर्श सकिएलगत्तै म म प्रवेश परीक्षाका लागि गएँ । खासै केही तयारी नगरेको म खुरूखुरू परीक्षा हलमा पुगेँ । म १० मिनेट ढिला पुगेकाे रहेछु । छिटोछिटो परीक्षा दिए र पेपर बुझाएर घर फकेँ। 

भोलिप्लट फेरि म डियरवाक हेर्न भनी गएँ र हामीलाई गणित पढाउने सरसँग थप आवश्यक परामर्शमा बसेँ । शिक्षकहरू पनि एकदमै अनुभवी र सहयोगी लागेको भएर मैले डियरवाक जाने निधो गरेँ र बुबाआमालाई मेरो निर्णय बताएँ ।

त्यसपछि भर्ना गरियो । कलेज श्रावण ४ गते खोल्ने भनेर भनियो । कलेज खोल्न १ हप्ता जति समय थियो । कलेज खुलेपछि धेरै खाली समय नहुने भएकाले मेलै आफ्नो साथीहरूलाई भेटेँ । आफूलाई जङ्गलहरूको बिचको सुनसान बाटोमा साइकल चलाउन र नयाँनयाँ ठाउहरू अनि नयाँनयाँ बाटोको खोज गर्न मन लाग्ने भएकाले मज्जाले घुमेँ । हुन त ३ महिनादेखि घुमेको नै हो तर पनि बिदाको १ हप्तामात्र छ भनेपछि यता पनि गुम्न मन लाग्ने उता पनि गुम्न मन लाग्ने। हतारहतार साथीसँग फुल्चाेकी पदयात्रा पनि गएँ बिच बाटो मै पानीले सारै दु:ख दियो ।  

एक हप्ता कति छिटो बित्यो थाहा नै भएन  र  कलेज जाने दिन पनि आयो । अब त विद्यालयबाट कलेज जाने भनेपछि मनमा डर र ‍एक प्रकारको जिज्ञासा र उत्साह थियो । त्यसमाथि न आफ्नो पुरानो साथी नै थिए । नयाँ कलेज जाने भनेपछि त आँखा पनि श्रावण ४ गते बिहानै खुल्यो । ८:०० बजे सम्ममा तयार भएर म ८:३० तिर बुबासँग कलेजकोलाई हिडेँ । म बसमा जाने  विद्यार्थी भए तापनि  त्यो दिन बुबासँग कलेज गएँ । म ८:४० मा कलेज पुगेँ र गेटमा पुग्दा त्यस गेट एक महिना अघि नै देखेको थिएँ तर पनि त्यो गेट नयाँ देखिन्थ्यो त्यो वातावरण मलाई एकदमै नयाँ लागि रहेको थियो ।

कहाँ जाने के गर्ने  भनेर मलाई केही थाहा थिएन त्यसैले मैले गार्ड दाइलाई सोधेँ "दाई कक्षा ११ को कक्षा कहाँ छ ?” उँहाले पनि भाइ तिमी यहाँ नयाँ रहेछाै । ३०३ नम्बरको कोठामा जाऊ भनी सुझाव दिनुभयो । गेटबाट छिरेँ । फेरि अर्को प्रश्न मेरो दिमागमा आयो कि “३०३ कता छ ?”। अलिकति हिँडेँ र त्यसपछि सिधा, दायाँ र बायाँ जाने बाटो आयो ।अब कतै  बाहिर भएको भए त  “ल यता जान्छु कतै न कतै निकालि ह्याल्छ अनि घर जान्छु” भन्थे आखिर बाटो त जता पनि छ । तर यहाँ त्यस्तो थिएन। हिड्दा खेरि कहिलै बाटोमा अलपत्र नपर्ने म अहिले अलपत्र परेँ । भएन यसरी भनेर मैले काम गदै गरेकी दिदीलाई सोधेँ। उहाँले मलाई ३०३ जाने बाटो भनि दिनुभयो । उत्साह र डरका साथ म ३०३ तिर लागेँ ।

 म भित्र गएँ धेरै विद्यार्थी थिए त्यहाँ ११ चाङ्गला कक्षाका विद्यार्थीहरू पनि थिए हामीभन्दा २/३ हप्ता पहिले कलेजमा आएका थिए । कलेज उनीहरूका लागि नयाँ थिएन तर हामीलाई एकदमै नाैलो थियो । सबै चिज नाैला थिए । कक्षा कक्षाका विद्यार्थीहरू अनि उनीहरूकोलाई म । म चुपचाप अन्तिमको बेन्चमा गएर बसेँ जहाँ मेरो भेट राजन र कृतमसँग भयाे । उनीहरू एउटै विद्यालयबाट आएका थिए र वर्षौंदेखि एकअर्कालाई चिन्थे तर म उनीहरूका लागि नाैलो नै थिएँ । अनि एक अर्काको परिचय दिन थाल्यौँ र उनीहरूसँग केहीबेर कुरा गरेँ। मैले पनि अरुलाई आफ्नो परिचय दिएँ र उनीहरूले पनि आफ्नो परिचय दिएँ । ९ बजेपछि चाङलाका विद्यार्थीहरू कक्षामा फर्किए र त्यसपछि मैले राजन र कृतमसँग फेरि कुरा गर्ने समय पाएँ किनभने उनीहरू मेरो अगाडि बसिरहेका थिए । फेरि केहिबेर उनीहरूसँग कुरा गरेँ। जति धेरै कुरा गर्यौ उति मित्रता बढ्यो ।

त्यसपछि कक्षा शिक्षक रोहित सर हाम्रो कक्षामा आउनुभयो । उहाँ हाम्रो लागि नयाँ हुनुहुन्थ्यो र हामी उहाँको लागि नयाँ थियौँ फेरि एक पटक हामीले उहाँसँग छोटो परिचय गर्यौं र उहाँले पनि आफ्नो परिचय दिनुभयाे। हामी डियरवाकको लागि नयाँ र अपरिचित भएकाले उहाँले हामीलाई डियरवाकमा खाना अर्डर गर्नेदेखि खाना लिनेसम्म र कक्षाको परिचय दिनुभयो । केही समयपछि उहाँले हामीलाई कलेज घुम्न लैजानुभयो । मैले केही समयपछि खाना खाएँ र त्यो पहिलो दिन भएकोले हामीले धेरै पढेनौँ । मैले मेरो १ हप्ता खुम्बुत्सेमा बिताएँ । तर एक हप्तापछि नयाँ कक्षा आएको थियो र म त्यही कक्षामा सारिएँ । म जीवविज्ञानको विद्यार्थी भएकाले म पाङ्बोचे सेक्सनमा जानुपर्यो ।

पाङ्बोचेका सबै विद्यार्थीहरू मेरा लागि नयाँ भएकाले मैले फेरि नयाँ विद्यार्थी हुन मौका पाएँ । फेरि मलाई पाङ्बोचे कहाँ छ भनी थाहा थिएन त्यसैले म क्लास जान ढिलो भएँ । म कक्षामा पुग्दा हाम्रा कक्षा शिक्षक धनेश्वर सर पहिले नै कक्षामा हुनुहुन्थ्याे । मलाई लाज पनि लाग्यो किनभने मैले कलेजमा १ हप्ता बिताइसकेकाे थिएँ र म त्यै पनि १ मिनेट ढिलो पुगेको थिएँ।

मैले भित्र आउन अनुमति मागेँ र फेरि गएर अन्तिम बेन्चमा बसें । पहिले राजन र कृतम मेरो अगाडि बस्ने गर्दथे तर अहिले समिरा र अश्विन मेरो अगाडि थिए। कक्षा नयाँ भएकाले हामीले फेरि एकअर्कालाई परिचय दियौं म त्यहाँका विद्यार्थीहरूको लागि नयाँ थिएँ र विद्यार्थीहरू मेरो लागि नयाँ थिए तर म शिक्षकको लागि नयाँ थिइनँ र शिक्षकहरू अब मेरो लागि नयाँ थिएनन् । मैले फेरि पुरानो कलेजमा नयाँ हुने मौका पाएँ । कस्तो रमाइलो । कक्षाका विद्यार्थीहरू मेरा लागि नयाँ थिए र वातावरण पनि नयाँ थियो। सबै प्राय मिलनसार भएकाले मैले पाङ्बोचेमा पनि छिटो साथी बनाएँ ।

त्यस्तै एक हप्तापछि पाङ्बोचेलाई पहिलो तलाको कक्षामा सारियो । अनि फेरि अर्को कक्षामा सारियो। मेरा अरु साथीहरूले तीन पटक मात्रै कक्षा सिफ्ट भएका थिए तर मैले चार पटक कक्षा सिफ्ट गरेको थिएँ । मलाई यात्रा र अवलोकन गर्न मन पर्छ र त्यस कारणले गर्दा पनि होला कक्षा फेरिएको । अब हामो कक्षा फेरिदैन भनिएकाे छ । हेराैँ के के हुन्छ !