Logo

Student Corner

मरेकाे गुलाब

Written by: Suvani Karki - 29055, Grade VII

Posted on: 30 October, 2023

अनुपमा, ए, अनुपमा यहाँ आ  त । अनुपमाकी आमाले चर्काे आवाजले बाेलाइन्  । अनुपमा आफ्नाे लठ्ठी खाेज्दै भान्सातिर गई । अनुपमा काे हुन् भन्नु पर्दा अनुपमा ‌‌‌‌‌११ वर्षकी कक्षा ५ मा पढ्ने सानी बालिका हुन् । अनुपमा हामी जस्ती हाेइन उनी अपाङ्ग छिन्  । उनी यसकाे कारण दुःखी त छैनन् तर उनी यस पछाडिकाे घटना कहिलै बिर्सिन्नन्  । 


 

अनुपमा सानै हुदाँकाे घटना हाे । अनुपमाकाे बुबा प्राय बाहिर  बस्नुहुन्थ्यो तर उहाँले कहिल्यै पनि आफ्नो जागिर अनुपमालाइ भन्नुभएकाे थिएन तर पनि अनुपमा आफ्नो बुबाको जागिर थाहा पाउन उत्सुक रहन्थिन् ।  एकदिन अनुपमा सामान्य हुँदाको  बेला बुबा  छुट्टीमा घरमा आउनुभएको थियो ।  छुट्टीमा आएको बेला अनुपमालाई  बुबाले घुमाउन लैजानुभयो।  अनुपमा हर्षित भई ।  घुमेर घर फर्कदाकाे समयमा उनकाे बुबाको गाडी चल्न बन्द गर्‍याे। उनी र उनको बुबा अत्तालिनुभयाे ।  घरमा आमा एक्लै थिइन् ।  औँसीको दिन थियो, राति  झमक्कै अँध्यारो हुन्छ भन्ने भएर  घर जानुपर्छ भन्ने  उनीहरूलाई थाहा थियो ।  गाडी नचले तापनि उनीहरूले साझा बसमा जाने निर्णय गरे ।  निकै बेर कुरेपछि एउटा गाडी आयो ।  गाडी खाली थियो।  सायद भखरै  मान्छे छोडेर आएको जस्तो।  उनीहरूले सोधे “ लोकन्थलीसम्म पुर्याइदिन्छाै ?” । गाडीको चालकले रिसाउँदै अहँ भनेर जवाफ दियो ।  बाबु छोरी साँझको  झिसमिसेमा दोधारमा परे । अनुपमाको बालाई छोरी अँध्यारामा हिँड्न डराउँछे  भन्ने थाहा थियो । सायद त्यही दिन बाबु छोरीको भाग्यमा दाेष थियाे ।  बाटोको छेउमा  बसेका  बाबुछोरीलाई एक्कासी दुई जना प्रहरीले शङ्कास्पद रुपले हेर्न  थाले ।  अनुपमा निकै डराई ।  उसको बुबाले उसलाई नडराऊ भन्दै सम्झाउँन थाले अनुपमा बिचरी प्रहरी देखेर डरले रुन  लागी ।  उनीहरू त्यहाँबाट उठेर प्रहरीसँग मद्दत माग्न थाले ।  प्रहरीले छेउको चोकमा गएर कुर्ने सल्लाह दिए ।  औँशीको   रातको अन्धकार सबैतिर फैलियो ।  उसै  डराएकी अनुपमा  झन  झन् धेरै डराउन थाली ।   प्रहरीकाे    सुझाव अनुसार उनीहरू चोकमा गएर उभिए  । चाेकमा एउटा  मधुरो बत्ती बलिरहेको थियो ।  एउटा साझा बस मान्छेको भिड लिए आयाे । बुवा छाेरी त्यही गाडीमा चढे । अनुपमा एक महिलाकाे काखमा गएर बसी । ऊ त्यहीँ निदाई । केही बेर गाडि हुँइकिएर चल्याे  तर अचानक गाडीमा जाेडले ब्रेक लाग्याे । अनुपमा निद्राबाट बिउँझी र उसले जे देखी सायदै कसैले सम्झना गर्न पनि सक्छ हाेला । अनुपमाले रगतले लत्पतिएकाे शरिर जताततै देखी । त्याे गाडी  ठुलाे दुर्घटनामा परेछ । याे कुरा समेत अनुपमालाइ जान्न गाह्ये भयाे । त्यस गाडीमा एक जना थियाे । ऊ हतारिदै काटिएकाे हात लिएर भाग्याे । त्यस पछिकाे कहानी अनुपमालाई थाहा छैन रे  तर सायद सत्य बाँकी छ कि । 


 

त्याे दिनपछि अनुपमाले घरमा एउटा सानाे बुवाकाे चिनाे गाडी  र एउटा सानाे गुलाबकाे बाेटमात्र पाएकी छ ।  त्यस दिन पछि ऊ त्याे डराउने अनुपमा हाेइन  फेरिएकी अनुपमा भएकी छ,  निकै धेरै फेरिएकी अनुपमा  ।।