Logo

Student Corner

मेराे घर

Written by: Aarjan Niraula - 33049, Grade III

Posted on: 30 October, 2023

मेराे घर लोकन्थलीमा छ ।  मेराे घरमा हरियो र सेतो रङ लगाएको छ । मेरो घरमा बैठक कोठा पनि छ ।  मेरो घरकाे बैठक कोठामा साेफा, किताब राख्ने दराज, टि.भी र अन्य सामानहरू छन् । हामी त्यही बसेर टि.भी हेर्छाैँ । मेरो घरको सुत्ने कोठा सफा छ । मेरो सुत्ने  कोठामा बसेर म पढ्ने पनि गर्दछु र कहिलेकाहीँ खेल्छु । मेरो घरको भान्छाकोठा उज्यालो छ । भान्साकोठामा बसेर हामी खाना खान्छौँ र आमाले खाना पकाउनुहुन्छ । मेराे घरकाे शौचालय सफा छ । मेराे घर चार तलाको छ । मेरो घर पक्की घर हो । यो घर भूकम्पपछि बनेको हाे । मेरो घर बलियो छ । घरकाे सबैभन्दा तल पसल छ । घरको अगाडि र पछाडि बाटो छ । घरको अगाडि खुल्ला ठाउँ पनि छ त्यहाँ गाडी पार्किङ गर्ने ठाउँ छ । घरको बाहिर करेसाबारी छ । करेसाबारीमा हामी तरकारी लगाउँछौँ । घरको वरिपरि पर्खालले घेरिएको छ । घरभित्र प्रवेश गर्नका लागि दुईवटा ढाेकाहरू छन् ।  हाम्रो घरको पूर्वपट्टि एउटा इनार छ । जसको पानी हामी दिनहुँ प्रयोग गर्छौँ । मलाई मेराे घर धेरै मन पर्छ ।