Logo

Student Corner

नाग पञ्चमी

Written by: Praneesha Shrestha - 31017, Grade V

Posted on: 03 October, 2023

नाग पञ्चमीको ठूलो महत्त्व छ । यो नागको पूजामा समर्पित छ । नागलाई सबैभन्दा शक्तिशाली प्राणी मानिन्छ । मुख्यतया  नागलाई  भक्तहरूले देवताको रूपमा पूजा गर्छन् । नागको पूजा गर्दा नाग देवतासम्म पुग्ने जनविश्वास रहेको छ । पञ्चाङ्गका अनुसार नाग पञ्चमी पर्वमा अनन्त, शेष, वासुकी, पद्म, कम्बल, कर्कोटक, अश्वतार, द्रुतराष्ट्र, शंखपाल, कालिया, तक्षक र पिङ्गुल गरी यी बाह्र नागको पूजा गरिन्छ। 


 

साथै यस दिन नागको पूजा गर्ने भक्तजनलाई सर्पको भय र काल सर्प दाेषबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। नाग पञ्चमीमा मानिसहरू नागलाई दुध चढाउँछन् र आफ्नाे परिवारकाे सुरक्षा हाेस् भनी प्रार्थना गर्छन् । नागपञ्चमीको दिन भक्तहरूले आफ्नो ढोकामाथि नागको तस्विर राखेर आवश्यक पूजा सामग्रीसहित पूजा गर्छन् ।

नागपञ्चमीलाई मानव र प्रकृतिबिचको सम्बन्धलाई मजबुत बनाउने पर्वका रूपमा लिइन्छ । यस विशेष दिनमा किसानहरूले खेत खन्ने वा जोत्ने काम गर्दैनन् तर उनीहरूले आफ्नो खेतको माटोबाट मूर्ति बनाएर देवताको पूजा गर्ने गर्छन्।