Logo

Student Corner

गर्दै छु

Written by: Swodhin Bhandari - 24048, Grade XII

Posted on: 02 October, 2023

के लेखूँ के लेखूँ टोलाएर हेर्दै छु 

कविता लेख्ने बहानामा आफ्ना भावना कोर्दै छु 

आफ्ना इच्छा आफ्ना चाहना बटुल्दै छु 

आफ्ना आशा आफूभित्रै नियाल्दै छु ।।


 

लेख्नु छ धेरै कुरा तर हिच्किचाउँदै छु 

आफ्नो दायित्व आफ्नो मानसपटल मिलाउँदै छु 

गाह्राे लाग्छ किन हो किन डरलाई छेउ लगाउँदै छु 

त्रास र भ्रमलाई आफूभित्र बाट भगाउँदै छु ।।


 

बढ्नु छ अगाडि  आफूलाई अगाडि धकेल्दै छु 

आफ्नो चाहना र महत्वाकाङ्क्षाला सन्तुष्ट पार्दै छु 

आशा छन् धेरै आफ्ना बिस्तारै पर लगाउँदै छु  

  दायित्व छन् धेरै आफ्ना बिस्तारै पुरा गर्दै छु ।।


 

कुरा मात्र ठुलो हैन काम पनि गर्दै छु 

पहिलेभन्दा आफूमा धेरै फरक देख्दै छु 

बिस्तारै भए नि आफूमा परिवर्तन ल्याउँदै छु 

जे भए जसो भए अलि अलि गर्दै छु ।।