Logo

Student Corner

जलवायु परिवर्तन र प्राणीहरूको भविष्य

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 02 October, 2023

जलवायु परिवर्तन एउटा जटिल विषय हो । जसको बारेमा आजभाेलि धेरै मानिसहरूले छलफल गरिरहेका छन् तर यसले मानिसहरू र उनीहरूको जीवनलाई नराम्ररी असर गरेको कारणले, मानिसहरूले यसको बारेमा सकारात्मक रूपमा छलफल गरिरहेका छैनन् । सरल भाषामा, जलवायु परिवर्तनलाई मौसम परिवर्तनको रूपमा परिभाषित गर्न सकिन्छ। जलवायु परिवर्तन लामो समयको लागि मौसममा हुने परिवर्तन हाे भनेर मानिन्छ। उदाहरणका लागि : चिसो मौसम पछि, गर्मीको मौसम आउँछ र त्यो गर्मी मौसम लगभग ३-४ हप्ताको लागि त्यस्तै नै हुन्छ र यो सामान्य हो, तर आजभाेलि, मौसम बारम्बार परिवर्तन भइरहेको छ । अहिलेको समयमा मौसम परिवर्तन हुन एक घण्टा पनि लाग्दैन र यो सामान्य होइन। यस कुरामा हामी सचेत हुनुपर्छ। यस जलवायु परिवर्तनले नै गर्दा प्राणीहरूको भविष्य खतरामा छ। 


 

जलवायु परिवर्तनले हामी मानिसलाई मात्र होइन हाम्रो वरपरका जीवजन्तुहरूलाई पनि असर गरिरहेको छ। हामी मानवको लापरवाही र हामीले सृजना गरेका प्रदुषण नै कठोर जलवायु परिवर्तनको प्रमुख कारण भए पनि वनस्पति जस्ता अन्य जीवजन्तु पनि यसबाट प्रभावित भइरहेका छन् । यसले पछिल्लो समय जनावरहरूमा नकारात्मक असर पारेको छ। उदाहरणका लागि: अन्टार्कटिका वरपरका हिमनदीहरू पग्लँदै छन्। हामीलाई थाहा छ, ध्रुवीय भालुहरू ती हिम तालकाे अन्टार्कटिकामा बस्छन् । हिमनदीहरू पग्लिसकेको हुनाले, ध्रुवीय भालुहरू बस्नका लागि अर्को चिसो ठाउँ खोज्न सङ्घर्ष गरिरहेका छन् । तर, आजकल जलवायु परिवर्तनका कारण हावापानी स्थिर नभएकाले भालुहरूले बारम्बार बस्नको लागि एउटा ठाउँ खोज्नुपर्छ। यदि तिनीहरूले त्यस्ता ठाउँहरू फेला पारेनन् भने, तिनीहरूले गम्भीर कठिनाइहरूको सामना गर्नुपर्नेछ वा मर्न पनि सक्छ । ध्रुवीय भालुले सामना गरिरहेको समस्या जस्तै अन्य जनावरहरू पनि जलवायु परिवर्तनको कारणले नै खतरामा छन्। जन्तुहरू जस्तोसुकै हावापानीमा बस्न बाध्य छन् किनभने तिनीहरूसँग कुनै अरू विकल्प छैन। जलवायु परिवर्तनले जनावरहरूलाई खानेकुरा र पानीको स्रोत खोज्न गाह्रो भएको छ । यति छोटो समयमा जनावरहरूले बसाइँसराइ र अन्य प्रकृति वा हावापानीलाई निरन्तरता दिन नसकेर, यस जलवायु परिवर्तनले सम्पूर्ण इकोसिस्टम नै ध्वस्त पारेको छ । जलवायु परिवर्तनको कारण प्रायः जनावरहरू लोप भइरहेका छन् र आजकल जनावरहरू पनि मरिरहेका छन्। हामीले देख्ने जनावरहरू यस कारणले लोप हुन सक्छन् र जनसङ्ख्या नियन्त्रण प्रभावित हुन सक्छ किनभने केही जनावरहरूको सङ्ख्या कम र केही जनावरहरूको सङ्ख्या बढी हुन सक्छ। यसले जनावर र हामी मानिसहरूको स्वास्थ्यलाई असर गर्छ र हामीलाई विभिन्न तापक्रममा बारम्बार अनुकूल गर्न पनि गाह्रो हुन्छ। यसले हामीले सास फेर्ने अक्सिजनलाई असर गर्छ, ओजोन तह नष्ट हुन्छ आदि धेरै नकारात्मक र हाम्रो जीवनलाई गाह्रो पर्ने समस्याहरू ल्याउँदछ ।


 

हामीले यस जलवायु परिवर्तनलाई जतिसक्दो चाँडो विभिन्न समाधान खोजेर अन्त्य गर्नुपर्छ।  समाधानहरूले काम गर्न नसके पनि , हामीले अझै प्रयास गर्नुपर्छ किनभने हाम्रो जीवन र अन्य जनावरहरूको जीवन खतरामा छ। यस जलवायु परिवर्तनको अन्त्यका लागि हामीले प्रयोग गर्न सक्ने केही प्रभावकारी उपायहरू बढी रुख रोप्ने, औद्योगिकीकरण घटाउने, नियमित गाडीको सट्टा विद्युतीय गाडीहरूको प्रयोग गर्ने, यस्ताे परिवर्तन हुनेको कारणको अन्त्य गर्नुपर्छ ,ऊर्जाको वैकल्पिक स्रोत वा नवीकरणीय ऊर्जाका स्रोतहरूको प्रयोग गर्ने, धेरै इन्टरनेट प्रयोग नगर्ने वा प्रविधिसँग धेरै त्यसै नखेल्ने आदि हुन्। हामी सबै मिलेर काम गरौँ र कम्तिमा जलवायु परिवर्तन रोक्न प्रयास गरौँ । यदि हामीले प्रयास गर्‍यौँ भने, पक्कै पनि एक दिन हामी हामीले गरेको प्रयासको वा परिश्रमको परिणाम देख्न सक्छौं र अन्ततः जलवायु परिवर्तनको अन्त्य पनि हुन सक्छ। त्यसैले हामी अहिले देखि नै यस जलवायु परिवर्तनको अन्त्य गर्न तिर लागौँ । निष्कर्षमा भन्दाखेरी जलवायु परिवर्तन एउटा मुद्दा हो जसले गर्दा चाहिँ हामी प्राणीहरूको जीवन खतरामा परेको छ।