Logo

Student Corner

काठमाडौँको उत्पत्ति

Written by: Aameen Shakya - 30059, Grade VI

Posted on: 02 October, 2023

नेपालको एक मात्र राजधानी काठमाडौँ,  दैनिक २४ घण्टा अन्तर्राष्ट्रिय उडान हुने एक मात्र सहर। वर्षभरि धुलोले ढाकेको सहर पाँच दिनको त्यो पर्व राति रङ्गीन बत्ती र आकाशमा आतिशबाजीले भरिन्छ । अनि पक्कै पनि त्यो चाड तिहार हो । काठमाडौँ सहर ५ हजार वर्ष पुरानो हो जसको उत्पत्ति निकै विवादास्पद छ । काठमाडौँको उत्पत्तिको पछाडि धेरै सिद्धान्तहरू छन्। काठमाडौँ मूलतः ताल थियो भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् तर ताल कसरी सुकाइयो भन्नेमा धेरै तर्कहरू आउँछन् ।


 

सबैभन्दा पहिले सबैकाे लोकप्रिय सिद्धान्त हाे, मञ्जुश्री सिद्धान्त । त्यो सिद्धान्तमा मञ्जुश्री एक बौद्ध भिक्षु हुन् । उनी तिब्बतबाट आएका  थिए । उनले तालमा ठुलो कमलको फूल देखेका कारण उनी तालको नजिक आएका थिए । तालको नाम “नागदह” थियो । जमिन बस्ती बस्न याेग्य  भएको देखेपछि उसले आफ्नो ज्वलन्त तरवारले पहाडलाई काटे  र पानीलाई सबै

बगाएर मानिस बाँच्नको लागि उपयुक्त बनाए । अर्को सिद्धान्त छ कि भगवान कृष्णले सुदर्शन चक्रले कोबरको पहाड काटेका थिए र काठमाडाैँकाे पानी सुकाएका थिए । यसरी काठमाडाैँकाे  उत्पत्तिका विषयमा विभिन्न किंवदन्तीहरू पाइन्छन् ।