Logo

Student Corner

फुटबल

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 02 October, 2023

फुटबल मेराे मन पर्ने खेल हाे । अङ्ग्रेजीमा फुट भनेकाे खुट्टा र बल  भनेको भकुन्डाे हो । फुटबल विश्वकै लोकप्रिय खेलहरू मध्ये एक हो । यो एउटा सामूहिक खेल हाे ।  यो खेल ११/११  खेलाडीहरूकाे दुई समूह बिच ठुलो मैदानमा खेल्ने गरिन्छ । फुटबल ४५ /४५ मिनेट गरी दुई भागमा ९० मिनेटसम्म खेलिन्छ । यो खेलमा दुई जना कप्तान हुन्छन् । यो खेलमा जसले धेरै गोल हान्छ त्यो समूह विजेता घोषित हुन्छ । यो खेलमा गोलरक्षक नै एउटा मात्र खेलाडी हुन्छ जसले बल रोक्न आफ्नो हात प्रयोग गर्न अनुमति पाएको हुन्छ । फुटबल खेल्ने गरेमा हाम्रा शरीर स्वस्थ रहन्छ । याे खेल खेल्न जति रमाइलो छ त्यतिनै रमाइलो हेर्न पनि छ । याे खेल राम्रोसँग अनुशासित भएर होसियारीपूर्वक खेल्नुपर्छ । फुटबल जथाभावी खेलेमा चोटपटक लाग्नुका साथै ज्यान पनि जान सक्छ । यस खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूको नाम प्रसिद्ध छ । जस्तै: पेले, राेनाल्डाे, म्याराडोना, मेस्सी आदि हुन् । हामीले पनि फुटबल खेलेर तरक्की गर्दै गयौँ भने नेपालीहरूको नाम चम्काउन सक्छौँ ।