Logo

Student Corner

मानव शिक्षा

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade IX

Posted on: 29 September, 2023

जीवन चलाउने माध्यम नै हो एक काम 

यसले हामीलाई सिकाउँछ कर्तव्य 

भोकाे राख्दैन यसले कहिले  

जीवनकाे गति सिकाउने शिक्षा हाे काम ।


 

जीवनका मोडहरूमा मात्र नभएर 

हरेक समयमा मद्दत गर्दछ 

बन्न सिकाउँछ हामीलाई केही 

हाम्रो जीवनको पाटाे बनाउँने शिक्षा  ।


 

भण्डार हो यो विभिन्न ज्ञानको 

सुरुवात भएको हो यसको घरैबाट  

हिँड्नेदेखि दरिनेसम्म पर्दछन् यसमा 

सबैभन्दा सर्वोत्तम सबैले भन्छन् शिक्षा  ।


 

शिक्षाले बनाउने मात्र होइन 

बिगार्छ पनि मानिसको मस्तिष्कलाई 

एक तर्फ सफलता अर्को तर्फ हानि पनि 

हामीलाई बनाउँने र बिगार्ने पनि शिक्षा 

असल र खराब सिकाउने पनि शिक्षा ।


 

लिनु, नलिनु मानिसको हातमा 

राम्रो  लिए मानिसलाई फाइदा 

बनाउने हो एक र अर्को बिगार्ने 

मानिसले लिएकाे शिक्षा ।


 

ठान्छन् सबै विद्यालय मात्र माध्यम हो 

तर वरिपरिका वातावरण बिर्सन्छ मानिसले 

प्राप्त गर्न सक्छ जहाँबाट पनि हामीले 

प्रकृतिसँगै जन्मेको मानव शिक्षा  ।