Logo

Student Corner

सपना

Written by: Sonishma Basnet - 2022021, Grade X

Posted on: 03 September, 2020

अन्तरमन अन्तरबाटै  बोलिरहेको छ,

मनलाई  सुन भनिरहेको छ। 

 

समाजको डर नगर भनिरहेको छ,

आफ्नो आत्मालाई  सुन भनिरहेको छ। 

 

आकाशको  खुल्ला पन्छी सरि उड्न सक्ने,

किन पिँजडाको पन्छी बनेको ? भनिरहेको छ । 

 

तेरो कायरतालाई धिक्कारिरहेको छ,

अन्तर हृदयलाई सुन भनिरहेको छ । 

 

अब उठ, खोली प्वाँख उड भनिरहेको छ,

अब नडराई आफ्नो क्षमता संसारलाई देखा भनिरहेको छ। 

 

आफ्नो आत्मालाई  सुन भनिरहेको छ,

तँलाई तेरो सपनाले पुकारी रहेको छ । २