Logo

Student Corner

आमा

Written by: Ridika Gurung - 31024, Grade V

Posted on: 29 September, 2023

आहा ! कति प्याराे शब्द आमा

आमा जननी आमा धर्ती

अनि माया र दयाकी खानी

नाै नाै महिना काेखमा राखी

प्रसव पीडा सही यस धर्तीमा 

सन्तानलाई  जन्म दिने आमा

साँच्चिकै आमा शब्द कति प्याराे

रात रात भर आफू नसुती

मलाई न्यानाे निद्रा दिने आमा

भाेक लाग्याे तिर्खा लाग्याे नभनीकनै

मेराे मनकाे कुरा बुझेर

मेराे भाेक र तिर्खा मेटाउने मेरी आमा

साँच्चिकै कति प्याराे शब्द  मेरी आमा 

आहा ! कति प्याराे शब्द आमा