Logo

Student Corner

मन

Written by: Siddika Dahal - 24071, Grade XII

Posted on: 28 September, 2023

यो मन किन तेरो अधीनमा छ भन् 

अलिकति पीडा हुँदा किन चर्किन्छस् नढाटेर भन् 

कहिले चङ्गा बनी आकास छुन हिड्छस् 

रमाउँदा कोइलीझैँ किन गुनगुनाउछस् 


 

जानु पर्ने एकातिर अन्तै लाग्छस् किन 

सदा अघि सर्छस् मात्र प्रेम लिन 

सिरिसिरी हावाजस्तै बग्दै जान्छस् 

आफू मात्र गए हुन्थ्यो मलाई किन लान्छस् 


 

राम्रा कुरा जति सबै किन आफ्नै ठान्छस् 

थोरै मात्र पीडा पर्दा किन छिटै हरेस खान्छस् 

हावासँग उड्दै जाने पानीसँगै बग्ने 

सबैलाई आफूसँग जोड्न पनि सक्ने 


 

भमराझैँ डुलीहिडछस् 

कहिले एक फुल कहिले अर्को फुल 

तेरै कारण यो ज्यानले गर्नुपर्छ कयौँ भूल 

शरीर मेरो लिएर तँ नै मालिक बन्छस् 

कहिले यसो कहिले उसो गर मलाई भन्छस् 

यसले भनेको मैले मान्नै पर्ने 

बस्दैन यो मेरो बशमा अब म के गर्ने ।