Logo

Student Corner

अनलाइन कक्षा: मेरो अनुभव

Written by: Roji Gurung - 2025013, Grade VII

Posted on: 03 September, 2020

काेराेना महामारीका कारण हाम्रो कक्षा ६ को परीक्षा पनि २०७६ चैत्र महिनाकाे सुरूमा नै सम्पन्न भयो । त्यसपछि नेपाल सरकारले कोरोना भाइरसकाे महामारीका कारण लकडाउनकाे घोषणा गरिदियो । पहिले नेपाल सरकारले १ हप्ताको लकडाउन घोषणा गरेको थियो तर त्यसपछि धेरै मानिसलाई कोरोनाभाइरस सङ्क्रमण बढ्यो त्यसैले नेपाल सरकारले लकडाउन बढाइदियो । लकडाउनका कारण हामी स्कुल जान पाएनाैँ । नयाँ शैक्षिक सत्र २०७७ काे कार्यतालिकाअनुरूप स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्‍याे । हामी सबै अनलाइन कक्षाबारे निकै नै उत्साहित थियाैँ । हामीले अनलाइन कक्षा सञ्चालनका लागि गुगल मिट  नामक एपकाे प्रयोग गर्न लागेका थियाैँ तर हामीलाई कसरी प्रयोग गर्ने भनेर थाहा थिएन त्यसैले हाम्रो स्कुलले गुगल इमेल प्रयोग गरी अनलाइन कक्षा कसरी प्रयोग गर्ने वा कसरी सामेल हुने भन्ने बारे हामीलाई इमेल पठाए र आवश्यक परामर्श प्रयाेगात्मक रूपमा प्रदान गर्याे । मेल प्राप्त भएपछि हामीले गुगल मिट कसरी प्रयोग गर्ने भनेर थाहा पायौं । बैशाख १६ देखि हाम्रो अनलाइन कक्षा सुरु भयो । पहिलो दिनमा म उत्साहित र आशङ्कित पनि थिएँ । पहिलो दिन राम्रो र रमाइलो भयो । हामीले पहिलो दिनमा परिचय गर्यौं । दोस्रो दिनमा दुई वटा कक्षा थिए । कक्षाहरू रमाइलो र राम्रो भयो । त्यसपछि हामीले गुगल कक्षाकोठामा हाम्रो गृहकार्य पठाउन सुरु गर्‍याैँ । अनि हामीले अनलाइन पुस्तकहरू पनि अध्ययन गर्न शुरु गर्यौं । हामीले अनलाइन परीक्षा पनि दियाै । अनलाइन परीक्षा हाम्रो लागि नयाँ थियो । मैले अनलाइन कक्षाबाट धेरै चीजहरू सिकेँ जस्तै गुगल मिट कसरी प्रयोग गर्ने, गुगल क्लासरूम कसरी प्रयोग गर्ने, कसरी नेपाली टाइप गर्ने, र अन्य धेरै कुराहरू पनि । मेरो अनुभवमा अनलाइन कक्षा राम्रो र रमाइलो छ । अनलाइन कक्षाले पैसाकाे पनि बचत गर्दछ। सुरुमा मलाई कुञ्जीपाटीमा कसरी चाँडो टाइप गर्ने भनेर थाहा थिएन तर कम्प्युटर प्रयोग गरेर गृहकार्य गरिसकेपछि मेरो टाइपिङ छिटो भएको छ। अहिले प्रत्येक स्कुलले अनलाइन कक्षा सञ्चालन गरेका छन् । हामी घरमै बसी कक्षा लिन सक्दछौं। अनलाइन कक्षा सजिलो छ। यति मात्र होइन अनलाइन कक्षाले हामीलाई नयाँ नयाँ प्रविधिको बारेमा पनि सिकाउँछ तर कहिलेकाँही इन्टरनेटको उतार चढाव हुन्छ त्यसैले हामी कक्षामा सामेल हुन सक्दैनौं । दिनकाे तीन घन्टाका दरले अहिले पनि निरन्तररूपमा हामी अनलाइन कक्षा कक्षाहरू लिइरहेका छाैँ । हरेक कुराका फाइदाबेफाइफा भएझैँ अनलाइन कक्षाका पनि आफ्नै फाइदाबेफाइफा छ नै । वर्तमान परिस्थितिमा याे नै राम्राे विकल्प हाे भन्ने मेराे बुझाइ पनि हाे ।