Logo

Student Corner

लुकामारी

Written by: Eshana Oli - 32007, Grade IV

Posted on: 28 September, 2023

मलाई मन पर्ने खेलको नाम लुकामारी हो । याे खेल निकै लाेकप्रिय छ । याे खेलले बालबालिकालाई शारीरिक अभ्यास गराउँछ । यसले कल्पना शक्ति बढाउँछ । उनीहरूकाे दिमाग तेज बनाउँछ । याे खेल खेल्दा दुई जना भन्दा धेरै हुनुपर्छ । लुकामारी खेलमा एक जनाले आँखा बन्द गर्नुपर्छ र अरुहरू लुक्नुपर्छ । लुकामारी खेलमा आँखा बन्द गर्दा अङ्क गनेर लुकेका साथीहरूलाई खाेज्नुपर्छ । खोज्ने मान्छेले लुक्ने मान्छेलाई भेटायाे भने खोज्ने मान्छेले जित्छ । म कहिलेकाहीँ घरमा पनि लुकामारी खेल्छु । मेरो साथीहरू पनि स्कुलमा लुकामारी खेल्छन् । मलाई पनि उनीहरूसँग लुकामारी खेल्न मनपर्छ ।