Logo

Student Corner

मन्दिरको गरिव

Written by: Ritesh Poudel - 25047, Grade XI

Posted on: 27 September, 2023

खै कहाँ छन् भगवान् देख्या छैन मैले 

 बस्छु मन्दिर बाहिर जहिले 

लोभी रैछन् भगवान् 

भोको पेट सुत्छु  तर 

खान दिदैनन् कहिले

हजारौँ  भक्तजन आउँछन् 

मलाई लात्ता हान्दै मन्दिर  छिर्छन् 

 यता उता ढोगछन्  

 अनि खै किन हो त्यो मूर्तिलाई 

 चौरासी व्यञ्जन चडाउँछन्। 

बरु दिए हुन्थ्यो मलाई 

  खान्थेँ म रमाएर

  पुरा हुन्थ्यो मेरो नि धोको 

  एक दिन त नसुत्ने भोको,

  एक दिन त न सुत्ने भोको।।