Logo

Student Corner

हामी

Written by: Deerghayu Ghimire - 27032, Grade IX

Posted on: 27 September, 2023

पढाइको  चिन्ता  गर्दै,

शिक्षाको खोजी गर्दै,

सपनाहरू बुन्दै छौ  हामी,

अब उच्च उडान लिने  छौ तिमी ।


 

शिक्षा  नै हो हाम्राे धन,

किताबमा रमाउने हाम्रो मन, 

असल  त्यो विचारलाई  अँगाली,

आगाडि बढ्नु शिर  उँचाे पारी


 

पढ्दै जानु नयाँ ज्ञानका कुरा, 

पछि नहटी अगाडि बढ्दै

हुन्छन्, तिम्रा सपनाहरू पूरा,

विधा नै हो तिम्रो ठुलो धर्म

पढ्नु, सिक्नु र सिकाउनु हाम्राे कर्म ।


 

शिक्षामा समर्पित मानिस तिमी

कठिनाइहरूसँग लड्दै  अगाडि बढ्ने हामी ,

 निरन्तर लागि राखाैँ असल पथमा ,

अवश्य पूरा हुनेछ हाम्राे सपना ।