Logo

Student Corner

एकादशी

Written by: Drishya Pudasaini - 31041, Grade V

Posted on: 27 September, 2023

 हिन्दु सनातन धर्मअनुसार भगवान बिष्णु हरिशयनी एकादशीमा निदाउने र चार महिनापछि कार्तिक मङ्सिरमा पर्ने हरिबोधिनी एकादशीको दिन उठ्नुहुन्छ भन्ने मान्यता रहिआएको छ । हिन्दु सनातन धर्ममा तुलसीको बिशेष महत्त्व हुन्छ । मर्दा पर्दा होस् या जुन सुकै बिशेष कार्यमा तुलसी अनिवार्य हुन्छ । भगवान बिष्णु स्वयम् तुलसीमा विराजमान हुनुहुन्छ वा भगवान बिष्णुले तुलसीको रूप धारणा गरेको भन्ने विविन्न धार्मिक पुस्तकहरूमा वर्णन गरिएको छ । त्यसैले हरेक हिन्दु सनातनको घरमा पूर्व दिशामा तुलसीको मोठ अनिवार्य राखिएको हुन्छ । असारको हरिशयनी एकादशीमा तुलसीको मोठमा रोपिएको तुलसीको बिउलाई हिन्दु महिलाले दिनहुँ पानी चढाएर पूजा गर्छन् । मङ्सिर महिनामा पर्ने हरिबोधिनी एकादशीको दिनमा होम हाली ठुलो भएको तुलसीको पूजा गरी तुलासीको विवाह पीपलसँग गरिन्छ । सोही कार्यलाई तुलसी  विवाह भन्ने प्रचलन छ । तुलसी विवाह गर्दा तुलसीको मोठ वरिपरि राम्रोसँग सफा गरी तुलसीको मोठ राम्रोसँग सजाएर पाँचओटा दिशामा लिङ्गाे गाडी विधि विधान अनुरूप पूजा गर्नुपर्छ । तुलसीकाे  विवाह गर्दा  तुलसीकाे मठलाई दुलहीलाई झैँ सिँगारिन्छ । यस दिन मानिसहरू दिनभरि वर्त बस्छन् । साँझ तुलसीकाे  विवाह  गरेपछि मात्र खाना खान्छन् । यसरी हिन्दु धर्मावलम्बीहरूले  हरिशयनी र  हरिबोधिनी एकादशीलाई ठुलाे पर्वकाे रूपमा मनाउँछन्।