Written by: Ojaswi Pathak - 24066, Grade XII
Posted on: 26 September, 2023
गरिबी के हो नसोध मलाई,
सपना ठूला थिए,
गए आशुसँगै बगी
बड्छन, भन्छन् सबै अघि बढ
सघाउन भने सबै पर पर ।
पसिनासँगै सबै रहर पानी बनी बगी गए
खुट्टाको पैताला हेरेर आफ्नै आशु झर्छन्
घरको आड बन्न खोज्दा सबैले खुट्टा तान्छन्
आखिर किन सहनु पर्ने मैले नै सबैको भनाइ
बुबाको गलेको ज्यान र आमाको फुलेको कपाल देखेर,
केही गारौँ कि भन्ने लाग्छ,
आखिर गरिब हुनु पनि पापै रहेछ
आखिर यो नियति सहनै पर्ने रहेछ
पीडा के हो मलाई नसोध
दुःख के हो मलाई नसोध