Logo

Student Corner

मेरो जन्मभूमि

Written by: Riddhis Sharma - 26006, Grade X

Posted on: 26 September, 2023

जननी जन्मभूमिश्च

स्वर्गादपिगरीयसी


 

जति माया आमाको लाग्छ

त्यति नै  बराबर मातृभूमिको पनि

जति सम्मान आमाको गर्छु 

त्यति नै मेरो देशको पनि ।


 

जन्म दिने मेरी आमा 

र मेरो यो प्रिय देश

ब्रम्हाण्ड बराबर नै छन्,

मेराे मुटु समान नै छन् ।


 

स्वर्गको काखमा बसे झैँ लाग्छ

देवताले तपस्या गरेकाे ठाउँ

यो स्वप्न हो कि जस्तै लाग्ने

यही सोच्दै मन विचलित हुन्छ ।


 

भगवान् छन् कि छैनन् !

भए मेरै देशमा हाेलान्

नभए कहाँ हाेलान् ?

मेराे मन यही साेचिरहन्छ ।