Logo

Student Corner

मेरो विद्यालय

Written by: Subashi Shahi - 32019, Grade IV

Posted on: 26 September, 2023

मेरो विद्यालय रमाइलाे छ । मेरो विद्यालयमा फरक फरक प्रकारका बिरुवा र रुखहरू छन् । यहाँ ठुलो मैदान छ । मेरो  कक्षाकोठामा सेतोपाटी, चित्र, टि‍‍‍.भी छ ।  मेरो विद्यालयमा दिनमा आठवटा विषयको पढाइ हुन्छ । हामी कहिलेकाहीँ खेल खेल्छाैँ । हाम्रो कक्षा सकिएपछि हात धाेएर खाना खान जान्छाैँ र खेल खेल्छाैँ । हामी कक्षाकार्य सकिएपछि फेरि खाजा खान जान्छाैँ । मेरो विद्यालयमा शिक्षक शिक्षिकाहरूले हामी सबै बालबालिकालाई राम्राे व्यवहार गर्नुहुन्छ । हामीलाई राम्रो कुरा सिकाउनुहुन्छ । हामीलाई विद्यालयमा धेरै किसिमका  खेलहरू खेलाइन्छ । नृत्य, चित्रकला र याेग गर्न सिकाइन्छ । मला‌‌ई मेराे विद्यालय असाध्यै मन पर्छ ।