Written by: Kristina Rai - 27006, Grade IX
Posted on: 25 September, 2023
यी साना हात र पाइलाले टेक्दै हुर्केकी
अनि आँखा भरि रङ्गीन सपना
गाँउको माटोमा लड्दै आएकी उनी
गोठाला र त्यो सानो घर नै रहे उनको आनन्दको प्रतीक।
साझ ढल्के बिहान आए
रात र दिनले कुनै सङ्केत नदिई गए
हरेक दिन ती पाइलाले सामना गर्थिन् उनी
यही नै थिएँ उनका अन्तिम साहाराको आशा
उनीभित्र पनि थियो ठुलो सपना
धेरै पढेर आफूलाई ती सहरिया भेषमा देख्ने
तर जीवनलाई कालो बादलले घेरेको थियो
उनीसँग न त अरू कुनै मोड्ने बाटो नै थियो ।
अन्धकार मै रम्न सिकेकी उनी
उनलाई उज्यालो बाटो देखाउने कोही नै थियो र
थियो बस् ! एउटा अन्तिम आस किताब
जसमा भर्थिन् आफ्ना जीवनको कठोर सन्ताप।
कैयाैँ चोटी लडे त्यही अँध्यारो खाल्टोमा
त्यही अँध्यारोमै गुमाए आफ्ना आँसुका थोपा
खुल्ला आकाशमा उड्न चाहन्थिन् उनी
त्यही नै थियो उनको सानो सपना ।