Logo

Student Corner

खरबुजा

Written by: Eedha Bista - 33045, Grade III

Posted on: 25 September, 2023

खरबुजा गर्मी मौसममा फल्ने फलफूल हो । यो फल बाहिर हरियो र भित्र रातो हुन्छ । यो फलमा पानीको मात्रा धेरै हुन्छ । खरबुजाको बिउ फागुन महिनामा रोपिन्छ । खरबुजाको लागि उर्वर माटो चाहिन्छ । यो फल सुख्खा हावापानीमा राम्रोसँग फल्छ । यो फलको बिउ रोप्न माटोमा गोबरको मल मिसाउनुपर्छ । त्यसपछि पानी हालेर माटोलाई फेरि खान्नुपर्छ । त्यसपछि माटोमा बिउ रोप्नुपर्छ । बिउ रोपेको तीन चार दिनपछि फेरि पानी हाल्नुपर्छ । यसरी नै बेलाबेलामा मलजल गरी राख्ने र तीन महिनामा याे फल टिपेर खान तयार हुन्छ ।