Logo

Student Corner

शाकाहारी बाघ

Written by: Anukul Chapagain - 24078, Grade XII

Posted on: 22 September, 2023

छैन पैसा चाहेने त्यही काट्नै गारो  छाक 

बाख्रा होइन मान्छे नै हो चाहिँ हो खाने साग ।

लाज सरम बेचिसक्याै काटी फाल्यौ नाक 

सरकारको कठपुटलीमा नाच्ने बन्याै शाकाहारी बाघ ।


 

जो आए पनि त्यस्तै नै हाे छैन भिन्नता कुनै 

लौ आयो देश खाओ अभियान छ यिनकै । 

लुट्नु जति लुटी सके छ के र अब बाकीँ 

एरयपोर्टबाट सुन ल्याउँछन् कसरी पो आटी ।


 

देश त बनेकै छ चारैतिर हेर 

आधि पैसा देशलाई आधि गए लेर ।

धुवाधुलो खाल्टाखुल्टी हाम्रो सहनशील 

अरुमा चाहिँ पछाडि प्रदूषणमा प्रथम ।


 

खोइ त युवा देशमा विदेशतिर धाउने 

देश छाडी विदेशबाट नाना थरि बताउने ।

गल्ति यिनीहरुको मात्र होइन सरकारको पनि 

देश हुँदाहुँदै त्यसै विदेश पठाउने ।


 

न त छ बत्ती न त राम्रो पढाइ

सानो रोग लाग्दा पनि पठाउँछ विदेशै ।

के गरी खाने हो यो देशमा खोइ 

एक सिङ्गे गैँडा र बाघको छाला जान्छ विदेशै ।


 

सुन पनि आउँछ हराउँछ मूर्ति के गर्नु 

गलत काममा ठाउँ ओघड़ने हुन्छ ठुलै मान्छेहरू    

भित्र भित्रै हुन्छ काम छन् धेरै नागा 

हामीसँग के डराउँथे हामी त शाकाहारी बाघ