Written by: Rushina Tamang - 26008, Grade X
Posted on: 22 September, 2023
अन्तहीन त्यो भिरपाखातर्फ,
टोलाएर बसिरहेकी होलिन्,
मुटुमा अन्तहीन अन्धकार गाँसेर,
ऊ अन्तहीनको अन्त्य खोज्दै होलि्न।
चन्द्रमुखी तिम्रो अनुहारमा
सयौँ धब्बाहरूले चिनो बसाइसके होलान्
तिमीले झारेका ती तितो आँशुका कारण,
अनुहारमा रातो किरण छाई सकेका होलान् ।
एक कोठाको एक कुनाको,
त्यो अँध्यारोमा हरायौ होला तिमी,
बितेका र आउने पलहरूको आशामा,
अन्तहीन पर्खाइमा डुबिरह्यौ होला तिमी ।
दुई थाल सधैँ चलाउने त्यो बानी,
एउटा थाल मात्र जुठो हुँदा अनौठो लाग्यो होला,
दुई व्यक्तिको अनुसार चलाइने त्यो घर,
खाटमा पहिलो पटक जिउ फैलाएर सुत्न पाउँदा
एक्लो लाग्यो होला ।
तर, ती मूल्य आँसु बगाउन छाड चन्द्रमुखी,
मेरो शरीर र आत्माले त्यो बगेका
आँसुको रकम चुकाउन सक्दैन,
मेरो अभावको अन्तहीन खाल्टो नखन चन्द्रमुखी,
हामी बीचको दुरीले हाम्रो माया टढाउन सक्दैन ।