Logo

Student Corner

खरायो

Written by: Eshana Oli - 32007, Grade IV

Posted on: 22 September, 2023

खरायो मेरो मन पर्ने जनावर हो । खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जङ्गली दुवै अवस्थामा पाइन्छ । खरायोले धेरै प्रकारका घाँसहरू खाने गर्दछ । खरायोले गाँजर पनि खान्छ । खरायोका अगाडिका खुट्टाहरूमा पाँच/पाँचवटा औँलाहरू हुन्छन् तर पछाडिका खुट्टाहरूमा चारवटा मात्र औँलाहरू हुन्छन् । खरायोको भुत्ला लामो र नरम खालको हुन्छ । जसको रङ्ग कैलो, फुस्रो, सेतो तथा खैरो हुन्छ । म एकचाेटि र्‍याबिट क्याफे गएको थिएँ । त्यहाँ खरायाेसँग खेल्न दिन्छन् । मैले त्यहाँ केहीबेर खरायोसँग खेलेँ । खरायो विशेष गरी ऊनका लागि विश्वका धेरै ठाउँमा पालिने गरिन्छ। केही ठाउँमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ । मलाई सेताे खरायाे असाध्यै मन पर्छ ।