Logo

Student Corner

आमा

Written by: Avishu Uprety - 25086, Grade XI

Posted on: 21 September, 2023

नौ महिना कोखमा राख्यौ

भित्र्यायाै मलाई यो धर्तीमा ।

देखायौ यो सुन्दर संसार

दियौ निस्वार्थ माया ।


 

काखमा राख्यौ मलाई

दुध खुवायौ बसाइ ।

तेते भनीकन तेल लगायौ

कलिलो शरीरकाे मालिस गरायाै ।


 

आफू भोकै बसेर पनि

भर्यौ मेरो पेट पनि ।

दु:ख सु:ख भए पनि

छोडेनौ साथ कहिले पनि ।


 

जे छ्याै तिमी छौ मेरो

नछोड्ने साथ कहिले ।

आमा तिमी मेरी जननी

अनि तिमी नै मेरो अन्नदात्री ।