Written by: Bishop Chalise - 29010, Grade VII
Posted on: 21 September, 2023
मनमा मेरा छन् जिज्ञासाहरूको ताँती
जसको समाधान खोज्न मन रहेको छ तड्पी ।
मनले भन्छ यो गर दिमागले भन्छ त्यो गर
मन र दिमागको झगडामा म फसेको छु नराम्ररी ।
रुखको भाँचिएको हाँगा जस्तो भयो मेरो जिन्दगी
के भयो भनेर भन्नको लागि मसँग क्षमताको कमी ।
भजन गरूँ गीत गाउँ के गरूँ त म
मन र दिमागको दोधारमा परेको छु म
जिउँदै मरे जस्तो पीडा भोगिरहेको छु म
जसको औषधि खोज्न तड्पिरहेको छु म ।
खोज्न सकिन मैले औषधी कयौँ प्रयासपछि पनि
दुखाइले मर्नलाई सके पीडा सुन्दैन कोही पनि
भनिन्छ भावनाको कुरामा सुन्नुपर्छ मनको कुरा
भनिन्छ गम्भीर कुरामा सुन्नुपर्छ दिमागको कुरा
न त यो भावनात्मक कुरा हो न त गम्भीर यो त हो जटिल कुरा
यस्तो जटिल जस्को न त कारण छ न त समाधान सत्य हो यो कुरा