Logo

Student Corner

रोइन् उनी

Written by: Parimal Prakash Nepal - 24084, Grade XII

Posted on: 20 September, 2023

हाँस्दो खेल्दो जिन्दगीमा

किन दुःख छर्न आइन् उनी ?

मलाई पीडा दिएर

आफैँ किन रोइन् उनी ?


 

मेरो हाँसो उदाउँदा

किन चरा बनी उडिन् उनी ?

मलाई पीडा दिएर

किन अस्ताएर गइन् उनी ?


 

कोट प्यान्ट लाउँदा मात्र

किन बोल्न आउँछिन् उनी ?

मलाई पीडा दिएर

किन मेरै गल्ती देखाउँछिन् उनी ?


 

खुड्किलो चड्दा मात्र

किन पाइला मेरो हेर्छिन् उनी ?

मलाई पीडा दिएर

किन मेरै पाइला तान्छिन् उनी ?