Logo

Student Corner

किताब

Written by: Arwin Tandukar - 2029007, Grade III

Posted on: 02 September, 2020

किताबले हामीलाई शिक्षा दिन्छ । किताबमा ज्ञान गुणका कुरा हुन्छन् । शिक्षाविना मानिसको जीवन अन्धकार हुन्छ । त्यसैले हामीले राम्रा राम्रा किताबहरू पढ्नुपर्छ । किताबभित्र कथा कविता निबन्ध जीवनी आदि हुन्छन् । लेखकहरूले विभिन्न किसिमका लेखहरू किताबमा लेखेका हुन्छन् । विद्यालयमा विभिन्न  प्रकारका किताबहरू हामीले पढ्नुपर्छ । हामी नेपाली, गणित, अंग्रेजी, विज्ञान आदि विभिन्न किताबहरू पढ्छौँ र त्यहाँबाट  थुप्रै ज्ञान हाँसिल गर्छौँ  । किताब पढेर नै मानिसहरू विद्वान बन्छन् । किताब पढेर नै डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी, शिक्षक आदि बनिन्छ ।  किताब  ज्ञानको भण्डार हाे । म पनि धेरै थरीका किताब पढ्छु र असल  बन्छु ।