Logo

Student Corner

बाल्यकालका ती दिनहरु

Written by: Yuzence Ghising - 25045, Grade XI

Posted on: 19 September, 2023

आचम्म लाग्छ अहिले सम्झिदा
बाल्यकालक ती रमाइला दिनहरू I
मुखमा चमक,ओठमा हाँसो
र मस्तिस्कमा रमाइला  पलहरू I

 

ती दिनहरू साच्चिकै दिन थिए 
विद्यालयबाट घर र घरबाट खेल्न I
अहिले मेरो मनले फेरि चाहन्छ
ती दिनहरूलाई फेरि एकपटक जिउन I

 

मनमा न त कुनै डर,
न त केही घृणा I
अहिले पनि त्यस्तै भैदिए
कस्तो रमाइलो हुने थियाे होला I

 

बाल्यकालमा जस्तो अहिले कहाँ हुन्छ र ?
ती साथीहरूसँगका रमाइला पलहरू I
ती गर्मी महिनाको तातो घाम र
ती मिठो सम्झनाहरू I