Logo

Student Corner

देश मेराे नेपाल

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 19 September, 2023

हिमालकाे शिर, पहाडकाे तन, ओच्छ्यान तराइकाे
सुन्दर शान्त विशाल देश, ईश्वरको वरदान हाे ।१।

 

उच्चाे छ शिर ,विश्वकाे गाैरव, सगरमाथाकाे 
प्रकृति सुन्दर, हरियाली भूमि, वीरकाे गाथा जाे ।२।

 

मन्दिरै मन्दिर देवकाे बास, याे तपाेभूमि हाे
बुद्धकाे जन्म, सीताकाे कर्म याे कर्म भूमि हाे ।३।

 

स्वर्गकी परी, रारा ताल हेर, बेगनास् फेवा छन्
चाँदीझैँ हिमाल टलटल हेर, मनमाेहक झरना झन् ।४।

 

ढिडाे र गुन्द्रुक, मार्सीकाे चामल, नेपाली परिकार
जडी र बुटी, जरूवा पानी, प्राकृतिक उपहार ।५।

 

वनपाखा हेर, प्राकृतिक छटा, संसारै चकित 
सबै लाग्छ, याे कान्तिपुरी शिव पाे छ कि त ? ।६।

 

जात र धर्म फूलबारी सरी, सहिष्णु नेपाली 
सर्वाेच्च मान नेपाल जहाँ हे वीर गाेर्खाली । ७।

 

विकटमा हेर कर्णाली तर, यार्चाकाे भण्डार 
सानाे छ तर, विविधताकाे खानी, भूगाेल अन्सार ।८।

 

सङ्घीयताकाे, बीज राेपेकाे, लाेकतान्त्रिक भूमि याे
विश्वमा कतै, छ भने स्वर्ग, नेपालै भूमि हाे । ९।

 

शब्दमा वर्णन, सकिन्न गर्न, महिमा अपार  
मान र सान, नेपाली गाैरव, देश मेराे नेपाल ।१०।