Written by: Aarashi Shakya - 24004, Grade XII
Posted on: 15 September, 2023
चट्याङझैँ खुम्चेको निधार
राता ज्वालाझैँ आँखा
गुमसुम सुकेका ओठ
लाली बिहिन गाला
त्यस्तै रहेछ अध्यारो मुहार ।।
मस्तिष्कमा छाएको ठुलो बादल
प्रलयको नाम लिई गर्जन्छ
सबै अनिष्ट आवाज लिई झस्कन्छ
आरिसे बादलझैँ बेसरी भट्कन्छ
त्सस्तै रहेछ खुम्चेको निधार।।
छायाका बादल ठोकी नयनधारा खुल्छन्
ती धारा बगी आशा समुन्द्र रित्तिन्छन्
आशाका समुन्द्र राति रातो लाभा भरिन्छन्
रातो लाभाभरि तातो आँसु बग्छन्
त्सस्तै रहेछ जवालाझैँ आँखा।।
मसानमा सलबलाउने शून्यता
मरभूमिमा रहेकाे माटोझैँ
त्सस्तै रहेछ सुकेका ओठ
घाम ढलेपछिको गाेधुली साँझझैँ
त्सस्तै रहेछ अध्यारो मुहार ।।