Logo

Student Corner

एसइईपछिका ती दिनहरू …

Written by: Aahyan Panta - 25072, Grade XI

Posted on: 14 September, 2023

परीक्षाको अवधि समाप्त भएपछि मैले पाठ्यपुस्तक र कक्षाकोठाकाे सिकाइलाई थाती राखेँ ।


बाहिरको संसारलाई पुनर्जीवित गर्ने र अन्वेषण गर्ने मौकाको रूपमा मैले बाकिँ समयलाई लिएँ । 


किन किन मलाई प्रकृति औधी मन पर्छ । 


मैले यही बिचमा पद यात्रा गरेँ ।


बिहान सबेरै साइकिलिङ गर्नुकाे मज्जा नै बेग्लै । थकाइ पनि उत्तिकै तर आनन्दभित्रकाे थकाइकाे मज्जा नै बेग्लै ।


यात्राले चारैतिरकाे वातावरण बुझ्न, नयाँ पाठहरू, नयाँ अनुभवहरू दिलाउँछ नै ।


यही बिचमा ऐतिहासिक स्थलहरू घुम्न पनि गएँ । याे कुरामा मलाई मेरी मामुले सहयाेग गर्नुभयाे ।


चित्रकला पनि मेराे रूचिकाे विषय हाे । क्यानभास, ब्रस र रङ्गहरूको त्यति बेला मेरा साथीहरू भएँ । घन्टाैँ समय बिताएकाे पत्ताे नै नहुने कस्ताे गजबकाे पल ।
यही बिचमा मैले चित्रकला सम्बन्धी भिडियाेहरू पनि हेरेँ । ताैरतरिकाबारे थाेरै भए पनि जानकारी हासिल गरेँ । 


साेचेँ, ज्ञानकाे क्षेत्र कति फराकिलाे छ । 


मैले केही अनलाइन पाठ्यक्रमहरूबारे पनि खाेज गरेँ । 


मैले मेरो बुबाको व्यापारको बारेमा पनि अवलोकनसँगै आफ्नो जिज्ञासा मेटाउने पनि मौका पाएँ । 



मैले मामूलाई खाना पकाउने, भाँडा सफा गरिदिने काममा पनि सघाएँ । मैले केही खानाका रेसिपिहरू पनि हेरेँ । बनाउने प्रयास पनि गरेँ ।


भान्साकोठा नै मेरो प्रयोगशालामा बन्याे । मिठाे खाना बनाउनु पनि ठुलाे कला रहेछ । मैले बल्ल व्यवहारतः बुझेँ । 


वातावरण संरक्षणका लागि समाजका सदस्यहरूसँग मिलेर मैले पनि रुख रोप्ने अभियान, सरसफाइ गर्ने अभियान र सचेतना कार्यशालाहरूमा पनि भाग लिएँ । 
यी कामले म खुशी थिएँ । 


मेराे जीवनमा यी क्षण निकै नै गुणात्मक रहे भन्ने मेराे बुझाइ हाे । 


सबैभन्दा बढीआमाबाबा पनि निकै खुशी थिए । 


म खेलप्रेमी पनि छु । यही समयमा कहिलेकाहीँ त अबेलासम्म खेलहरू पनि हेरेँ । 


याे समयमा मैले पुस्तकहरू पढ्ने पनि समय निकालें । 


समग्रमा परीक्षापछिको मेरो दिनचर्या रमाइलाेसँग नयाँ अनुभवका साथ व्यतित भयाे ।