Logo

Student Corner

वाचा

Written by: Kritanjali Odari - 27018, Grade IX

Posted on: 14 September, 2023

नसक्ने वाचा कहिले नगराऊ 
अरूलाई आशा मात्र नदिई राखौँ 
वाचा त गरौँ तर नसक्ने नगरौँ 
राम्रोको लागि वाचा गरौँ
तर नराम्रो केही नसाेचाैँ ।

 

सबै दिएका वाचा पूरा हुनुपर्छ भन्ने छैन 
आफूलाई वाचा बाँधी काम गर्न लाग्नुपर्छ
बाँकी अरूलाई हैन, आफैँलाई
राम्रोसँग राम्रो बोल्नु नराम्रोसँग  त्यस्तै 
त्यस्तै गरी भने जस्तै, जस्तालाई त्यस्तै ।

 

अरूको दुःख सुखकाे साथी
सके जति मद्दत गरौँ भएर माथि 
हाम्रो राम्राे काम अरूकाे नि राम्राे
असल मार्ग पछ्याउनु गन्तव्य हाे हाम्राे ।

 

अरूलाई रुवाएर आफू खुसी किन बन्नु ? 
मान्छे भएर जन्मेपछि राम्राे काम गर्नु 
सके जति मद्दत गरौँ भेदभाव नगरी 
खुट्टा तान्ने त धेरै छन्, राम्रो कामकाे सरी